सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबको सहज जित

काठमाडौं, १९ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ । बुधबार खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल तथा आयुस घलानले एक गोल गरे । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको सातदोबाटोको पनि २२ अंक रहेको छ । ब्वाइज युनियन ९ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ । बुधबार नै नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । नयाँबस्ती र टुसालबीचको खेल १–१ गोलको बराबरीमा रहेको हो ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);