सैनामैनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सैनामैनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुँदै

बुटवल, १९ फागुन । रूपन्देहीको सैनामैनामा प्रथम मेयरकप जिल्ला स्तरिय बि लेबलको खुल्ला ब्याडमिन्टन प्रितियोगिताको आयोजना हुने भएको छ । दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षणमा फागुन २१ र २२ गते प्रतियोगिताको आयोजना हुने भएको हो ।२ दिन सम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

दुधराक्ष यूवा क्लबका अध्यक्ष विष्णु प्रसाद पाण्डेयले प्रतियोगिता सैनामैना ६ मा रहेको कालमोचन शिवालय मन्दिरमा रहेको दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगितामा करिब ३० टिमले सहभागीता जनाउने उहाले जानकारी दिनुभयो । खेल सम्पन्न गर्नको लागि करिब ३ लाख ७३ हजार खर्च हुने र सैनामैना नगरपालिकाबाट २ लाख ५० हजार सहयोग मिलेको पाण्डयले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५५ , दोश्रोले ३३ हजार ३सय ३३ र तेस्रोले ११ हजार १सय ११ रूपैयाँ पुरस्कार पाउने कार्यक्रम संयोजक पदम पाण्डेले जानकारी दिनुभयो । सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले नगर भित्र आयोजना हुने प्रतियोगिताको लागि करिब ५० लाख बजेट खर्च गर्दै आएको जानकारी दिनुभयो । नगरपालिकामा हुने फुटबल , भलिबल , आर्चरी , ब्याडमिन्टन लगायतका प्रतियोगिता सम्पन्न गर्नको लागि नगरपालिकाले बजेट दिदै आएको उहाले वताउनुभयो ।

नगर खेलकुद विकास समिति गठनको प्रर्कियामा रहेको कार्कीले जानकारी दिनुभयो । क्लबका वरिष्ठ उपाध्यक्ष किरण पोखरेलले क्लबले सैनामैनामा रहेर खेलकुद , सांस्कृतिकसगै सामाजिक काम गर्दै आएको बताउनुभयो । सोही अवसरमा क्लबले रामापुर माविमा अक्षयकोषको समेत स्थापना गरेको छ । सांस्कृतिक कार्यक्रमबाट जम्मा भएको ३० हजार रकम विद्यालयमा अक्षयकोष स्थापना गरिएको क्लबका संस्थापक अध्यक्ष नारायण खनालले वताउनुभया ।

विद्यालयमा पढ्ने जेहेन्दार विपन्न परिवारको विद्यार्थीलाइ सहयोग मिल्ने गरि कोष स्थापना गरिएको उहाले वताउनुभयो । रामापुर माविका प्रधानध्यापक कृष्ण पौडेलले अक्षयकोषले विपन्न परिवारका विद्यार्थीलाई पठनपाठनमा थप राहात मिल्ने वताउनुभयो । सामुदायिक विद्यालयमा अग्रंजी र नेपाली माध्यमबाट पढाइ हुने हुदा दरबन्दीले नपुग्दा निजि श्रोतबाट शिक्षक राख्दा अभिभावककाट सहयोग शुल्क उठाउन बाध्य भएको उहाले गुनासो पोख्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);