लमजुङको बेंसीशहरमा तीज उत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लमजुङको बेंसीशहरमा तीज उत्सव हुने

लमजुङ। हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७औF तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो। क्लवले शनिबार  बेंसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उत्सवबारे जानकारी गराएकाे हो ।  क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए । उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरु गठन गरिएको छ ।  कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ । उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फुलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए  । क्लबले खेलकुद प्रतियोगितासगै तीजको अवसरमा सास्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ । क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार दुई समुहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कोरोनाका कारण दुई बर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक  गर्न लाग्या हो । उत्सवले खेलकुदको विकास, सस्कृतिको संरक्षण युवा शसक्तिकरण लागुऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);