हरितालिका तीज व्रतको तयारी स्वरुप आज दर खाने दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हरितालिका तीज व्रतको तयारी स्वरुप आज दर खाने दिन

काठमार्डौ । मुख्यव्रतको अघिल्लो दिन आज दरखाने दिनसँगै चार दिने तीज पर्वसुरु हुने मान्यता छ ।

विशेषगरी हिन्दु नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाने चलन छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।

दरका रुपमा विशेषगरी दुधबाट बनेका परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मंगलबारको व्रतका लागि पूर्वतयारी गर्छन् दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविदहरु बताउँछन् ।

केहीसमययता एक महिना अघिदेखि नै दर खाने चलन बढ्न थालेको छ । तर शास्त्रीय रुपमा दर खाने दिन भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय लागि तोकिएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्रीहरुको ठम्याइ छ ।

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);