तीज आफना अभिब्यक्ति गर्ने महत्वपुर्ण अवसरस् सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

तीज आफना अभिब्यक्ति गर्ने महत्वपुर्ण अवसरस् सभामुख सापकोटा

sabhamukh sapkota-ruling

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन ।

सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन ।

‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ ।

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ ।

तीज नेपाली महिलाहरुले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यहरुको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दुस्ख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत–संगीतका माध्यमबाट मनोरञ्जन लिने बिषयलाई बिज्ञानसँग जोडनु पर्ने उनको तर्क छ ।

Leave a Reply

ताजा समाचार