संविधानको मर्म र भावनालाई आत्मसाथ गर्ने गरी काम गर्छु : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संविधानको मर्म र भावनालाई आत्मसाथ गर्ने गरी काम गर्छु : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संविधान भन्दा विपरीत कुनै पनि निर्णय लिन नसक्ने बताएका छन् । बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा प्रतिनिधिसभा विघटनको विषयमा कानुनका जानकारहरुसंग भएको छलफललाई संवोधन गर्दे सभामुख सापकोटाले संविधान भन्दा माथि कोहि पनि नरहेको तर्क गरेका हुन् ।

सभामुख सापकोटाले ‘आवश्यक पर्दा नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्ने कुरामा समेत जोड दिएका छन्।सापकोटाले देश र जनताको अधिकतम हित गर्नुपर्दा कहिलेकाँही संविधानको मर्म र भावनालाई आत्मसाथ गर्नेगरी काम गर्न तयार भएको भन्दै असाधारण निर्णय भनेको के हो भन्नेबारेमा स्पष्ट भएनन् ।

सभामुख सापकाटाले आफूले संविधान र प्रतिनिधिसभाको नियमावली अनुसार नै चल्नुपर्ने अडान राखेका छन् । सापकोटाले संसद्लाई अवमूल्यन गर्ने कार्य स्वीकार्य नहुने प्रष्ट पार्दे भने संसद् भनेको राष्ट्रपति, प्रधानमन्त्री र सभामुख बनाउने थलो भएकाले उच्चपदमा आसिन व्यक्तिले नै संसद्को सम्मान गर्नुपर्नेमा जोड दिए ।

बिहीबारको परामर्शमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष र वरिष्ठ अधिवक्ताहरुको सहभागीता रहेको थियो । यसअघि पनि सभामुख सापकोटाले यही जेठ ११ गते पूर्वसभामुखहरुसँग समेत छलफल गरेका हुन् ।

सभामुख सापकोटाले संविधानको धारा ७६को९५० अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीमा लागिपेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक कदमकारुपमा चित्रण गर्दे आएका छन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);