संविधानविद् भन्छन् प्रतिनिधिसभा मरेको छैन, सभामुखलाई आफ्नो भूमिका अघि बढाउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

संविधानविद् भन्छन् प्रतिनिधिसभा मरेको छैन, सभामुखलाई आफ्नो भूमिका अघि बढाउन सुझाव

काठमाडौँ । कानुनविद् एवंम वरिष्ठ अधिवक्ताहरुले सरकारले गरेको संसद् विघटन असंवैधानिक ठहर भएको भन्दै तत्काल सभामुखलाई आफ्नो भूमिका अघि बढाउन सुझाव दिएका छन् । बिहीबार संस्द भवनमा आयोजित कानुनविद्हरुसंग भएको परामर्शमा तत्काल सभामुखलाई आफ्नो भूमिका अघि बढाउ सुझाव दिएका हुन् ।

सभामुख सापकोटालाई सुझाव दिनेहरुमा संविधानविद्, डा. चन्द्रकान्त ज्ञवाली, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा तथा टिकाराम भट्टराई लगायतका कानुन विद्हरु रहेका छन् । कानुनका विज्ञहरुले सुझाव दिने क्रममा धेरैजसो सहभागीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई नभएको भन्दै सर्वोच्चको फैसला अनुसार सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्न सक्ने सुझाव दिएका हुन् ।

सभामखलाई सुझाव दिनेक्रम्मा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भने सरकार संसदप्रति उत्तरदायी हुने हो । त्यसकारण संसद र सभामुखको भूमिका जनता र सरकारलाई सुसूचित गर्नुका साथै चेक एण्ड ब्यालेन्स गर्ने भएकाले सरकारले यो काम गर्यो भनेर सुसूचित गर्ने सभामुखको भुमिका रहने भन्दै सभामुखलाई संसद बोलाउन राष्ट्रपति समक्ष आग्रह गरे।

त्यस्तै बरिष्ठ अधिवक्ता शम्भु थापाले सभामुखले संवैधानिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।कानुमा संसदलाई प्रधानमन्त्री र राष्ट्रपतिले माने व्यवस्था नभएकाले यसमा विवाद गर्नुपर्ने कुनै कारण नभएको उनको तर्क रहेको छ । परामर्शमा सवै कानुनविद्हरुको एउटै सुझाव थियो सभामुखले तत्काल राष्ट्रपतिलाई संसद् अधिवेशन डाक्नुपर्नेमा जोड ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);