कानून र संविधानभन्दा सर्वोच्च हुँ भन्ठान्ने सोच नेताहरुले त्याग्नु प-यो : भिमार्जुन आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कानून र संविधानभन्दा सर्वोच्च हुँ भन्ठान्ने सोच नेताहरुले त्याग्नु प-यो : भिमार्जुन आचार्य

काठमाडौं । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यले नेताहरुले आफूलाई संविधान र कानूनभन्दा सर्वोच्च भन्ठान्ने सोच त्याग्नु पर्ने बताएका छन् ।

संविधानविद् आचार्यले शनिबार सामाजिक सञ्जालमा लेख्दै नेताहरुले आफूलाई कानून, संविधान, राज्यका निकायहरुभन्दा सर्वोच्च भन्ठान्ने सोच त्याग्न सुझाव दिएका हुन् ।

उनले कानून, संविधान, संसद, सरकार, संवैधानिक अंग हुँदा हुँदै उच्च वा निम्न स्तरीय राजनीतिक संयन्त्र बनाउने कुरामाथि आपत्ति जनाएका छन् । उनले यस्ता कामलाई एक्स्ट्रा कन्स्टीट्युस्नल भएको संज्ञा दिएका छन् ।


नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनका नेताहरुले सरकारलाई सहजीकरणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनउनु पर्नेमा जोड दिंदै आएका छन् । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको कुरा उठाउँदै आएका छन् ।

संविधानविद् आचार्यले लेखेका छन्–‘‘कानून, संविधान, संसद, सरकार, संवैधानिक अगं त्यतिले नपुगेर फेरि उच्च वा निम्न स्तरीय राजनीतिक संयन्त्र बनाउने भन्ने कुरा एक्स्ट्रा कन्स्टीट्युस्नल छ । कानून, संविधान, राज्यका निकाय वा अरु जोकोहीभन्दा आफू सर्वोच्च हुँ भन्ठान्ने सोच नेताहरुले त्याग्नु प-यो ।

त्यसैगरी उनले यदि नेताहरुले काम नै गर्न खोजेको भए दार्चुलामा एसएसबीले तुइन काटेर क्रुरता पूर्वक गरेको नेपलीको हत्या गर्ने अपराधमा संलग्नलाई कानूनको दायरामा ल्याउन काम गर्न पनि सुझाएका छन् । उनले लेखेका छन्–‘‘कामै गर्न खोजेको हो भने अहिलेलाई तुइन खसाएर क्रुरता पूर्वक एउता निर्दाेष व्यक्तिको हत्या गर्ने अपराधमा संलग्न व्यक्तिलाइ तत्काल कानूनको दायरामा ल्याउन राजनीतिक संयन्त्रले काम गरोस् । ’’

साउन १५ गते दार्चुलामा तुइनबाट महाकाली नदी तरिरहेका बेला भारतीय एसएसबीले तुइन काट्दा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);