काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेन्टियर्स पिभीले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ ।
‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान सञ्चालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तर्गत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका इन्चार्ज सञ्जीव राईले जानकारी दिए ।
उनले भने–‘‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सूरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’’
पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा सञ्चालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पु¥याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए ।
अभियानमा असंगठित अवस्थामा रहेका युवाहरुलाई पनि स्वयमसेवी रुपमा परिचालन गरिनेछ ।




