पिपुल्स भोलेन्टियर्सद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पिपुल्स भोलेन्टियर्सद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई

काठमाडौं । माधव नेपालको पक्षमा उभिदै आएको राष्ट्रिय युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पनि सफाई गरेको छ ।

‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान संचालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो ।

राष्ट्रप्रतिको युवाहरुको दायित्वबोध गराउन आफूहरुले स्वयमसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरुमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खम भण्डारी शाहीले जानकारी दिए । उनले राष्ट्र निर्माणको अभियानमा स्वयमसेवी ढंगले अघि बढन पनि सबै युवाहरुलाई आह्वान गरे ।

नेता भण्डारीले भने, ‘हाम्रो समाजमा जुन सचेत युवाहरु छन । सक्रीय युवाहरु छन । उनीहरुलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन कम्तिमा पनि महिनाको २ दिन २ घण्टा राष्ट्र निर्माणका लागि स्वयम्सेवी ढंगले योगदान गर्न प्रेरित गर्ने गरी यो अभियान सुरु गरेका छौं । म राष्ट्र निर्माणको यो अभियानमा सबै युवाहरुलाई सहभागी हुन आह्वान गर्दछु ।’

पिपुल्स भोलेन्टियर्सले यस अघि काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाई गरेको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरुको पंक्ति ठूलो भएकाले उनीहरु संलग्न संस्थाहरुको सफाई अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरुले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);