कास्कीमा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ सवारी साधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कास्कीमा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ सवारी साधन नियन्त्रणमा

फाइल फोटो

मदन गिरी,
कास्की । कास्कीमा जाेर बिजाेर प्रणाली लागू भएसँगै नियम विपरित सवारी चलाई निषेधाज्ञाको उल्लंघन गर्ने ४ सय २१ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारी मध्ये ३ सय ८९ वटा दुई पांग्रे छन् भने ३२ वटा चार पांग्रे सवारी छन् ।

नियन्त्रणमा लिइएका सवारीलाई होल्डिङ एरियामा राखिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते राति १२ बजेबाट लागू हुने गरी जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ ।

थप भएको निषेधाज्ञामा जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारीमा जोर विजोर अनिवार्य गरिएको छ । भने कास्कीका विभिन्न ठाउँहरुमा चेकिङ कडा गरिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);