कास्कीकाे खाेलाबाट सवारि साधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कास्कीकाे खाेलाबाट सवारि साधन नियन्त्रणमा

पोखरा । पोखराको सेती नदिबाट अवैध उत्खनन् गर्ने ५५ सवारीसाधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका १९ पुरनचौर स्थित ढोडेनीघाटमा गिट्टी तथा बालुवा उत्खनन् गरिरहेकै अवस्थामा उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए ।

डिएसपी हमालका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले  २२ वटा टिपर, १७ वटा मिनी टिपर र १६ वटा ट्याक्टर गरी ५५ वटा सवारी साधन नियन्त्रणमा लिएको ।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई कारवाहीको प्रक्रियाको लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ। कास्की मा लुकिछिपि खाेलाबाट नदिजन्य सामाग्री निकाल्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);