तुलसीपुरका एक युवक लागूऔषध ब्राउन सुगर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

तुलसीपुरका एक युवक लागूऔषध ब्राउन सुगर पक्राउ

दाङ । दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राज कुमार वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वलीलाई ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ स्थित तुलसीपुर अमिलिया सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनलाई आइतबार साँझ करिब ७ बजेतिर जिप्रका दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज देखि तुलसीपुर तर्फ आँउदै गरेको रा १ ख १७१८ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाडीमा सवार वली साथबाट उक्त परिमाणको लागू औषध ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);