३२५ ग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३२५ ग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

दाङ, ५ असोज । दाङमा प्रहरीले ३२५ ग्राम लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार राती राढे ८ बजेतिर लमही नगरपालिका ९ अमिलीयाबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोल निवासी ३५ बर्षीय महिन अन्सारीलाई ३२५ ग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अमिलियामा लागु औषध ब्राउन सुगरको कारोवार भैरहेको गोप्य सूचनाका आधारमा जिप्रका दाङबाट प्रहरी निरिक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);