१२ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१२ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ

सप्तरी । सप्तरी हनुमाननगर कंकालीनी नगरपालीकामा १२ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्।

गत मंगलबार ईलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सत्रुधन राउतको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकास्पद मानिस तथा सवारी साधनहरु चेकजाच गर्ने क्रममा स १० प ५१०२ नंम्बरको मोटरसाईकल चालक सप्तरी राजबिराज नगरपालिका ७ निवासी २४ बर्षिय कृष्ण कुमार साह र सोही मोटरसाईकल पछाडी सवार राजबिराज नगरपालीका १६ निवासी २४ बर्षिय पंकज देव को साथ बाट १२ ग्राम ब्राउन सुगर फेला परेको थियो, १२ ग्राम ब्राउन सुगर र मोटरसाईकल सहित प्रहरीले साह र देव लाइ नियन्त्रण लिएका थिए।

बरामद गरिएको १२ ग्राम ब्राउन सुगर, मोटरसाईकल सहित प्रहरीले साह र देव लाइ लागु औषध खैरो हिरोईन मुद्धामा जिल्ला अदालत सप्तरीबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);