६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ

कपिलबस्तु १८ कार्तिक । कपिलबस्तु प्रहरीले कपिलबस्तुमा ६० लाख बढी मुल्य पर्ने बराबरको ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तुको यशोधरा गाँउपालिका ५ सुठौली भन्सार कार्यालयको ब्यासियलमा बि.ओ.पी. मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीसँग ज्याकेटको दाहिने प्याकेटमा १४ पिस गिलो ब्राउन सुगर बरामद भएको छ । सोको तौल ६१.१८० ग्राम ब्राउन सुगर रहेको शसस्त्र प्रहरीले जनाएकोे छ । अन्दाजी ६० लाख बढी मुल्य पर्ने ब्राउन सुगर भारतबाट नेपाल भित्र्याउने क्रममा सो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);