२ लाख नेपाली रुपैयाँ र ब्राउन सुगरसहित भारतिय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२ लाख नेपाली रुपैयाँ र ब्राउन सुगरसहित भारतिय नागरिक पक्राउ

दाङ, २५ फागुन । दाङमा प्रहरीले करिब साढे २ लाख नेपाली रुपैयाँ र लागु औषध ब्राउन सुगर सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको जिल्ला सरावस्ती थाना भरन्गाका घर भइ हाल दाङको लमही नगरपालिका ७ कप्तानगन्जमा डेरा लिइ बस्ने २३ बर्षीय शम्शाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजालाई प्रहरीले सोमवार विहान करिब साढे १ बजेतिर पक्राउ गरेको जनाएको छ ।

कप्तानगन्जमा विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ५ वटा सेतो प्लाष्टिकको पोकामा रहेको ४ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली २ लाख ४५ हजार रुपैयाँ बरामद भएको उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

त्यस्तै, प्रहरीले उनको साथबाट बिना बिलका ३१ थान कुर्ता,१० थान तन्ना, ३ थान धोति गरि जम्मा थान ४४ कपडा समेत बरामद गरेको जनाएको छ । साथै, घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);