उदयपुर, २९ चैत। उदयपुरको त्रियुगा नगरपालिका–११ बाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरी टोलीले आज २०७७ चैत्र २९ गत्ते उदयपुरको त्रियुगा नगरपालिका–११ निवसी गोकर्ण कार्कीलाई पक्राउ गरिएको छ ।
उनको साथबाट ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, नोक थान १, सिम काट्ने मिसिन थान १, बिभिन्न कम्पनिको मोबाईल थान १० थान, तौल नाप्ने डिजिटलमेसिन थान १, मेमरी कार्ड थान १, ण्ट्क् ४,ण्केल्ल ३, स्मार्ट १ र एरटल १ गरी जम्मा ९ थान,सिसाको चपप्लेट थान १ ब्लेट थान १, रु।५ को डढेको नोट २ थान, बरामद गरिएको छ ।
साथै निज गोकर्ण कार्की मिति २०७७ मघ १६ गते ब्राउन सुगर बिक्री बितरण मुद्दाको फरार प्रतिवादी समेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए।




