उदयपुरमा पेस्तोलसहित अवैध चन्दा असुली गर्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८३, शनिबार

उदयपुरमा पेस्तोलसहित अवैध चन्दा असुली गर्ने व्यक्ति पक्राउ

सुमन रायमाझी,
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका-३ मोतिगढाबाट (अटोमेटिक मेड इन यू एस य ) लेखिएको पेस्तोलसहित अवैध चन्दा असुली गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानिय ५० वर्षीय प्रशुराम चौधरी रहेका छन् ।

चौधरीकी कान्छी श्रीमती (श्याम कुमारी चौधरी) को घरमा अबैध हतियार लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरपको विशेष टोलीले चौधरी को घर खानतलासी गर्ने क्रममा (अटोमेटिक मेड इन यू एस य ) लेखिएको पेस्तोल १ थान र ५ राउण्ड गोली फेला परेको थियो भने चौधरी को साथ बाट ८ ठेली चन्दा रसिद समेत फेला फरेको छ ।

चौधरी नेकपा माओबादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा सोही पार्टीको भातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको र २०७७ माघ ४ गते बाट जनता समाजबादी उदयपुरको जिल्ला कमिटी सदस्य रही सोही पाटीमा काम गरिरहेको समेत खुल्न आएको छ।

चौधरीको साथबाट बरामद गरिएका समानहरु (अटोमेटिक मेड इन यू एस य ) लेखिएको पेस्तोल १ थान, ९ एम एम गोली ५ राउण्ड,अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान बरामद गरिएको छ ।

चौधरीलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ ।

Leave a Reply