कैलालीमा अवैध रुपमा औषधी कालोबजारी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कैलालीमा अवैध रुपमा औषधी कालोबजारी गर्ने पक्राउ

कैलाली। चिकित्सकको स्वीकृति बिना अवैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीबाट २ युवकलाई पक्राउ गरेको छ ।

जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने २३ वर्षीय करण चौधरी भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);