चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं। लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की छन् । पक्राउ पर्ने अन्यमा नुवाकोट ककनी गाउँपालिका–१ स्थायी ठेगाना भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् । गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो। फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट,  ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ।

Leave a Reply

ताजा समाचार