सन् १९८६ को विश्वकपमा अर्जेन्टीनाका डिएगो म्याराडोनाले पाएको गोल्डेन बल लिलामीमा राखिन,जुन ६ मा हुने लिलामीमा भाग लिन डेढलाख युरो जम्मा गर्नुपर्नेे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सन् १९८६ को विश्वकपमा अर्जेन्टीनाका डिएगो म्याराडोनाले पाएको गोल्डेन बल लिलामीमा राखिन,जुन ६ मा हुने लिलामीमा भाग लिन डेढलाख युरो जम्मा गर्नुपर्नेे

सन् १९८६ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत अर्जेन्टीनाका डिएगो म्याराडोनालाई प्रदान गरिएको गोल्डेन बल ट्रफी लिलामीमा राखिने भएको छ ।

.म्याराडोनाको गोल्डनबललाई अर्को महिना पेरिसस्थित एगुट्स हाउसले लिलामीमा राख्ने अन्तराष्ट्रिय संचार माध्यमहरले जनाएका छन् ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले मेक्सिको सिटीमा भएको फाइनलमा पश्चिम जर्मनीमाथि ३–२ गोल अन्तरको पराजित गरेको थियो ।

फाइनलअघि उनले इङ्ग्ल्यान्डविरुद्ध दुई अविस्मरणीय गोल गरेका थिए। जसमा विवादास्पद ह्यान्ड अफ गड गोल पनि समावेश छ । म्याराडोनाले सन् १९८६ मा च्याम्प्स–एलिसेसको लिडो क्याबरेमा आयोजित एक समारोहमा गोल्डेन बल प्राप्त गरेका थिए ।

नेपल्स बैंकको सेफमा राखिएको यो गोल्डेन बल सन् १९८९ मा स्थानीय लुटेरहाहरूले लुटेका थिए ।

त्यतिखेर म्याराडोना इटालियन लिग खेलिरहेका थिए । गोल्डनबल फेलापरेपछि लिलामीमा राख्न लागिएको हो । जुन ६ मा हुने लिलामीमा भाग लिनका लागि १ लाख ५० हजार युरो जम्मा गर्नुपर्नेछ । म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा निधन भइसकेको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);