सुनको जुत्ता जित्ने खेलाडीबारे अड्कलबाजी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुनको जुत्ता जित्ने खेलाडीबारे अड्कलबाजी सुरु

एजेन्सी, २८ जेठ । विश्वकपमा उपाधिसँगै चर्चा हुने अर्को पुरस्कार हो, गोल्डेन बुट । यो खेलाडीको प्रतिष्ठासँग जोडिएको अत्यन्तै महत्वपूर्ण उपाधि हो । यसले खेलाडीलाई विश्वमा प्रख्यात बनाउनेमात्रै होइन, उसको भविष्य पनि सुनिश्चित गरिदिन्छ । त्यसैले खेलाडीका लागि यो लोभलाग्दो पुरस्कार हो भने आमदर्शकका लागि चाखलाग्दो ।

गोल्डेन बुटको उपाधी हात पार्नका लागि कुनै पनि खेलाडीले पुरै प्रतियोगितामा सर्वाधिक गोल गर्नुपर्छ । रूस विश्वकपमा पनि विश्व चर्चित केही खेलाडीलाई बुटको दाबेदारको रुपमा हेरिएको छ । अर्जेन्टाइन लियोनल मेस्सी र पोर्चुगीस खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मुख्य दाबेदार ठानिएको छ ।

ब्राजिलका नेइमार र ग्राबिएल जिससले पनि सुनको जुत्ता लान सक्ने अड्कलबाजी भइरहेको छ । जर्मनीका ट्यालेन्टेड स्ट्राइकर टिमो वेर्नर, इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु पनि यसपटक दाबेदारका रुपमा उभिएका छन् । उरुग्वेका खेलाडी लुइस स्वारेजका आँखा पनि गोल्डेन बुटमा हुनेछ । इजिप्टका मोहम्मद सल्लाह पनि बुटलाई आफ्नो पोल्टामा हाल्ने प्रयासमा छन् ।

क-कसले पाए सुनकाे जुत्ता ?

– सन् २०१४ को विश्वकपमा सर्वाधिक ६ गोल गरेका कोलम्बिया स्टार स्ट्राइकर जेम्स रोड्रिगुएजले गोल्डेन बुट जितेका थिए । उनी यो पटकको प्रमुख रोजाईका खेलाडी हुन् ।

– सन् २०१० को विश्वकपमा जर्मनीका थोमस मुलरले ५ गोल गर्दै गोल्डेन बुट पाएका थिए ।

– सन् २००६ को विश्वकपमा सर्वाधिक पाँच गोल गरेका जर्मन स्टार प्लेयर मिरोस्लाभ कोजले गोल्डेन बुट हात पारे ।

– सन् २००२ मा ब्राजिलले विश्वकप जित्नुका साथै ब्राजिल कै स्टार खेलाडी रोनाल्डोले सर्वाधक ८ गोल गरी सुनको जुत्ता हात पारेका थिए ।

-सन् १९९८ को फ्रान्स विश्वकपमा क्रोसियाका डेभोर सुकरले गोल्डेन बुट जितेका थिए ।

-सन् १९९४ मा भएको समान ६–६ गोल गरेका रूसका सालंको र बुल्गेरियाका हृस्टो स्टोइकोभ दुबै जनाले गोल्डेन बुट जितेका थिए ।

-सन् १९९० को विश्वकपमा इटालीका साल्भाटोर स्चिलाची सर्वाधिक गोलकर्ता बनेका थिए । उनले ६ गोल गर्दै सुनको जुत्ता हात पारेका थिए ।

-ग्यारी लिनकरले सन् १९८६ मा भएको मेक्सिको विश्वकपमा सर्वाधिक ६ गोल गर्दै सुनको जुत्ता जितेका थिए ।

-१९८२ मा इटालीकै पाओलो रोसीले ६ गोल गर्दै गोल्डेन बुटको उपाधी चुम्न सफल भए ।

-सन् १९७८ मा १० गोल गरेका अर्जेन्टिनाका मारियो क्याम्पेसले सुनको जुत्ता जितेका थिए ।

-सन् १९७४ मा ७ गोल गरेका पोल्यान्डका ग्रेजगर्ज लाटोले सुनको जुत्ता जितेका थिए ।

-सन् १९७० मा सर्वाधिक १० गोल गरेका गेर्ड मुलरले गोल्डेन बुटको उपाधि जितेका थिए ।

-सन् १९६६ मा ९ गोल गर्दै पोर्चुगलका खेलाडी युसेवियो

-सन् १९५८ मा १३ गोल गर्दै फ्रान्सेली स्ट्राइकर फन्टाइन,

-सन् १९५४ मा ११ गोल गरेका हंगेरीका स्यान्डोर कोक्सिस,

-सन् १९५० मा ८ गोल गरेका ब्राजिलियन फरवार्ड एडमिर,

-सन् १९३८ मा सात गोल गरेका ब्राजिलका लेओनिडास,

-सन् १९३४ मा पाँच गोल गर्दै चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्ली,

-१९३० मा ८ गोल गर्न सफल अर्जेन्टिनाका गुइर्लिमो स्टेविलले सुनको जुत्ता लगेका थिए । रुस विश्वकपमा सुनको जुत्ता कसले लैजान्छ भन्ने कुरा हेर्न भने फाइनलसम्म कुर्नैपर्ने हुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);