प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मौदान किर्तिपुरमा भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

किर्तिपुर मैदानमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । एपीएफको जितमा अनिल शाहले ७२ र प्रदीप ऐरीले ६३ रन बनाए । ओपनिङमा आएका सुवास खकुरेलले १८ बलमा १४ रन बनाए ।

यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए । आर्मीका सोमपाल कामीले तीन र बिक्रम सोबले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

उसका लागि भीम सार्कीले ४५ रन, सोमपाल कामीले ३६ रन, विनोद भण्डारीले ३५ रन र राजेश पुलामी मगरले २७ रन बनाएका थिए । एपीएफका करण केसीले ३, बसन्त रेग्मी र भुवन कार्कीले दुई–दुई साथै पवन सर्राफ र अमर सिंह रौटेलाले एक–एक विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);