आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

Cricket

काठमाडाैं, २५ जेठ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ । प्रदेश नम्बर ५ लाई पराजित गर्दै आर्मीले उपाधी भिडन्त पक्का गरेको हो ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ ले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले प्रदेश नम्बर ५ लाई २ सय ९० रनको लक्ष्य दिएको थियो ।

जवाफ प्रदेश ५ ले ३५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३५ रनमात्र बनाउन सक्यो । प्रदेश ५ का लागि कृष्ण कार्कीले ३१, शंकर राना २३, सौरभ खनाल र अन्तिम थापाले १४—१४ रन बनाए भने शुबन्धु पाण्डेयले ११ रन जोडे ।

प्रदेश ५ लाई सस्तैमा समेट्ने क्रममा आर्मीका बिक्रम सोव र सुशन भारीले समान ३–३ विकेट लिए । त्यसैगरी, आर्मीका लागि सागर पुनले २ विकेट, साहब आलम र सोमपाल कामीले समान १—१ विकेट लिए ।

आर्मीका सागर पुनले लामो समयपछि उत्कृष्ट प्रदर्शन गर्दै १ सय १८ रन बनाएका थिए । दोस्रो सेमिफाइनल भने शनिबार हुँदैछ । दोस्रो सेमिफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हँुदैछ ।

प्रधानमन्त्री कपको फाइनल खेल भने आइतबार टियू क्रिकेट मैदानमा हुनेछ । प्रधानमन्त्री कपको विजेताले २० लाख प्राप्त गर्दा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ ।

म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ जित्नेछ । प्रधानमन्त्री कपको विजेताले २० लाख प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले १०र१० हजार पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);