प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेसको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेसको जित

काठमाडौं,१५ माघ । कप्तान विनोद भण्डारीको शतकको सहयोगमा त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा १६४ रनको जित निकालेको छ । आईतवार कीर्तिपुरमा भएको खेलमा आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११५ रन बनाउन सक्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारी सय रनमा नट आउट रहे । त्यस्तै बाहिर अहमदले नट आउट ९८ रन जोडे । उनी शतक बनाउनबाट दुई रनले चुके । त्यस्तै आर्मीका लागि भीम सार्की २५, कुशल मल्ल २१, विवेक यादव ६, सन्तोष कार्की ११, इम्रान शेख ५ रनमा आउट भए । यता, कर्णालीका हिमांशु शाहीले १९ रन बनाए भने, दिवन पुनले १८, रविन्द्र शाही र निश्चल रावले समान १२, विपिन शाहीले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन् । बलिङमा आर्मीका विवेक यादव र कुशल मल्लले समान ३, सोमपाल कामीले २, साहब आलमले १ विकेट लिए । त्यस्तै कर्णालीका दीपेन्द्र रावतले २, प्रकाश जैसी, दिनेश अधिकारी, दिवन पुनले समान १/१ विकेट लिए ।

यता मुलपानी मैदानमा भएको मधेस प्रदेश र लुम्बिनी प्रदेशबीचको खेलमा मधेस प्रदेशले ९ रनको रोमान्चक जित हासिल ग¥यो । मधेसले ४१.३ ओभरमा १६९ रनमा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो । मधेसका अर्निको यादवले ३८ रन बनाए भने अभिषेक तिवारीले २६, पवर सर्राफले २६, मयन यादवले २२ र अनिल साहले १६ रन बनाए । त्यस्तै प्रदीप पासवानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ मधेसका प्रदीप पासवान एक्लैले ६ विकेट लिए भने अभिषेक तिवारी २, हरिशंकर साह र रुपेस सिंहले १÷१ विकेट हात पारे । लुम्बिनीका लागि वीर मगरले ४, अभिषेक गौतमले ३, कृष्ण कार्की, निर्मल गुरुङ र एमडी हुसेनले समान १ विकेट हात पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);