दुई खेल अगावै पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, आर्मी ९७ रनले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दुई खेल अगावै पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, आर्मी ९७ रनले विजयी

काठमाडौं, १५ माघ ||
गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सामेवार लगातार सातौं जित निकाल्दै पुलिसले १४ अंकसहित दुई खेलअघि नै फाइनलमा आफूलाई सुरक्षित राखेको हो । यससँगै यो सिजनमा पुलिस फाइनल पुग्ने पहिलो टिम बनेको छ । मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ३८.३ अँेभरमा १७० रन बनाएको थियो । ४५ ओभरमा छोट्याइएको खेलमा पुलिसले सो लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । पुलिसको जितमा रसिद खान एक्लैले ५ विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै करण केसीले २, ललितनारायण राजवंशीले २, र दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । ब्याटिङमा भने पुलिसका दीलिप नाथले ५७, अर्जुन साउदले नट आउट ४४, कुशल भुर्तेलले २२, शंकर रानाले १२, आरिफ शेखले नट आउट २७ रन बनाए । प्रेम तामाङ खाता नै नखोलि पेभेलियन फर्किए । यता गण्डकीका लागि ब्याटिङमा अमृत गुरुङले ५० रन बनाए भने करण पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाए । समिर कँडेलले २९ रन र कृष ऐरले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर रनको स्कोर छुन सकेनन् ।
कीर्तिपुर मैदानमा भएको नेपाल आर्मी क्लव र सुदूरपश्चिम प्रदेशबीचको खेलमा आर्मीले ९७ रनको जित दर्ता गरायो । आर्मीका लागि जितेन्द्र मुखिया एक्लैले ५ विकेट लिए । उनले ६.१ ओभर बलिङ गर्दै २ मेडनसहित १० रन मात्रै खर्चिए । त्यस्तै सोमपाल कामीले २ विकेट, साहव आलम, बासिर अहमद र साहब आलमले समान १÷१ विकेट हात पारे । आर्मीका लागि ब्याटिङमा कुशल मल्लले ७५, सन्दीप रजाइली ३७, बासिर अहमद ३६, सोमपाल कामी ३१, सन्तोष कार्की ३०, साहब आलमले २१ रन बनाए । अन्यले दोहोर अंक छुन सकेनन् । त्यस्तै सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६८ रन खर्चिए । नरेन साउदे ३ र विकास अग्रीले १ विकेट लिए । २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४०.१ ओभरमा १६५ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८ रन, शेर मल्लले २४, नरेन भट्टले १८, नारायण जोशीले १३, गजेन्द्र बोहराले १२ र प्रकाश पाण्डेले ११ रन बनाउन बाहेक अन्यले दोहोर रनको स्कोर खडा गर्न सकेनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);