पुलिसको अपराजित यात्रा कायमै, आर्मी र सुदूरपश्चिमको चौथो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पुलिसको अपराजित यात्रा कायमै, आर्मी र सुदूरपश्चिमको चौथो जित

काठमाडौं,११ माघ । नेपाल पुलिस क्लवले बुधवार मधेस प्रदेशमाथि ६ विकेटको जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मुलपानी क्रिकेट मैदानमा पुलिसले मधेसबिरुद्ध जितसँगै पाँचौं खेलसम्म अपराजित यात्रा कायम राख्दै फाइनलको सम्भावना बलियो बनाएको हो । बुधवार नै कीर्तिपुरमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई आठ विकेटले हराउँदै शीर्ष दुईको सम्भावनालाई कायमै राखेको छ । राउण्ड रोविनको लिगपछि शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । कोशीबिरुद्ध जितसँगै सुदूरपश्चिमले पाँचौं खेलमा चौथो जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेको हो । कोशीले भने लगातार आठौं खेलमा हार व्यहो¥यो ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कोशीले दिएको एक सय २४ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र २१.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा नरेन भट्ट ५४ रन र प्रकाश पाण्डेले ३४ रनको अविजित इनिङ खेल्दै जित दिलाए । नरेनले ४९ बलमा सात चौका प्रहार गरे । प्रकाशको इनिङमा भने एक चौका मात्र रह्यो । यो जोडीले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गर्दै १७३ बल अगावै जित सुरक्षित गराए । त्यसअघि ओपनरद्वय राजु रिजालले २१ रन र खडक बोहोरा ९ रनमा आउट भए । दुवैलाई फिरोद अन्सारीले आउट गरेका हुन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोसी ३२ ओभरमा १२३ रनमै समेटियो । सुदूरपश्चिमका विकास आग्री र शेर मल्लको बलिङसामु चल्न सकेन । यी दुई मिलेर ९ विकेट लिँदा कोसीले एक विकेट रनआउटका रूपमा गुमायो । विकेटकिपर मिनास थापाको २६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । मिनासको यो प्रतियोगिताभर सबैभन्दा ठूलो व्यक्तिगत स्कोर पनि हो । कप्तान अंकित सुवेदीले २२ रन, कमल खत्रीले १८ रन र फिर्दोस अन्सारीले १३ रन जोडे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

विकासले पाँच विकेट र शेरले चार विकेट लिए । मूलपानीमा भएको अर्को खेलमा सागर ढकालको पाँच विकेट प्रेरणामा पुलिसले मधेसमाथि ६ विकेटको सहज जित निकालेको हो । सागर र ललितनारायण राजवंशीको बलिङसामु मधेस २४ ओभरमा ९६ रनमै अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ओपनरद्वय सुनिल धमलाले २८ र कुशल भुर्तेलले १९ रन जोड्दा आरिफ शेख १६ रनमा र अमृत श्रेष्ठ १५ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि सुनिल र कुशलले ५२ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाएका थिए । मधेसको बलिङमा रन्जित कुमार र अरनिको यादवले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस पुसिलको धारिलो बलिङसामु चल्नै सकेन । मधेसका अरनिको यादवले २३ रन र कप्तान हरिशंकर साहले २२ जोड्दा अभिशेक तिवारी ११ रनमा नटआउट रहे । पुलिसको बलिङमा सागरले ९ ओभरमा ४१ रन खर्चंदै पाँच विकेट, ललितनारायणले चार र रासिद खानले एक विकेट लिए ।

भैरहवामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लवले पनि लुम्बिनी प्रदेशमाथि ६५ रनको जित निकाल्यो । खराब मौसमका कारण २६ ओभरमा छोट््याइएको खेलमा आर्मीले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय ५ रन मात्र बनाउन सक्यो । यससँगै आर्मीले छैटौं खेलमा चौथो जित निकाल्दै आठ अंक बटुल्यो । लुम्बिनीको भने चौथो खेलमा तेस्रो हार हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);