इरान,युएइ,अष्ट्रेलिया र उज्बेकिस्तान एसियाकप फुटबलको दोस्रो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

इरान,युएइ,अष्ट्रेलिया र उज्बेकिस्तान एसियाकप फुटबलको दोस्रो चरणमा

एजेन्सी,१० माघ । इरान, युएइ, अष्ट्रेलिया र उज्बेकिस्तान एसियाकप फुटबलको दोस्रो चरणमा पुगेका छन् । कतारमा जारी एसियाकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानले युनाइटेड अरब इमिरेट्स यूएईलाई २–१ गोल अन्तरले हराएर ३ जित हात पार्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।

समूह सी को अर्का खेलमा प्यालेस्टाइनले हङकङलाई ३–० गोलले हराएर उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा पुग्ने संभावना बलियो बनाएको छ । हारका बाबजुद युएइ उपविजेता भएर दोस्रो चरणमा पुगेको हो । समूह बीमा १–१ को बराबरी खेल्दै अस्ट्रेलिया पहिलो र उज्बेकिस्तान दोस्रो हुँदै नकआउटमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

समूह बीमा अष्ट्रेलियाले ३ खेलमा ७ अंक हासिल गर्यो भने उज्वेकिस्तानले ५ अंक बटुल्यो । सिरिया ४ अंक सहित तेस्रो रह्यो । सिरियाको अन्तिम १६ स्थान समूह चरणको अन्तिम खेलपछि टुंगो लाग्ने छ । यहि समूहको अर्काे खेलमा लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको भारतले समूह चरणको सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । सिरिया विरुद्ध १–० ले पराजित भएसँगै भारतले सबै खेल हारेको हो ।

एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);