ताजिकिस्तान एसियन कप फुटबलको नकआउट चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ताजिकिस्तान एसियन कप फुटबलको नकआउट चरणमा

काठमाडौं,९ माघ । एसियन कप फुटबलमा पहिलो सहभागिता मै ताजिकिस्तान नकआउट चरणमा पुगेको छ । कतारमा जारी एसियाकप फुटबलको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित लेबनान विरुद्ध २–१ को जित निकालेर ताजकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

ताजिकिस्तानले पुनरागमन जित निकाल्दै पहिलो सहभागितामै नकआउट चरणको यात्रा तय गरेको हो । बासेल ज्रादिले ४७औं मिनेटमा गोल गर्दै लेबनानलाई अग्रता दिलाएको अवस्थामा ताजिकिस्तान २ गोल फर्काउन सफल भएको हो । पार्भिजहोन उमारबाएभले ८०औं मिनेटमा र नुरिदिन खाम्रोकुलोभले इन्ज्युरी समयको पहिलो गोल गर्दै ताजिकिस्तानको जित सुनिश्चित गरेका हुन् ।

यहि समूहमा आयोजक कतारले चीनलाई १–० गोल अन्तरले हराएर अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ । ६६औं मिनेटमा मोहम्मद अल–हेडोसले गोल गर्दै कतारलाई जित दिलाए । चीन २ अंक सहित तेस्रो र लेबनान १ अंक सहित समूहको पुछारमा रह्यो । चीन अन्तिम १६ मा पुग्ने नपुग्ने निर्णयका लागि समूह चरणका अन्य खेल कुर्नु पर्ने छ । छ समूह मध्ये तेस्रो स्थानमा रहने ४ उत्कृष्ट टोली १६ मा पुग्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);