बेल्जियमसँग फिनल्याण्ड २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बेल्जियमसँग फिनल्याण्ड २–० गोल अन्तरले पराजित

एजेन्सी । बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेका हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने फिनल्याण्डले आत्मघाती गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।

फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए । यस जितसँगै समूह ’बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ ।

समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० तथा दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोडेको छ ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ । पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १–० ले नै पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);