युरोकप छनोट : बेल्जियमद्वारा रुस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युरोकप छनोट : बेल्जियमद्वारा रुस पराजित

beljiyam

एजेन्सी, १ मंसिर । बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमका लागि हजार्ड दाजु भाईले तीन गोल गर्दा रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले बेल्जियमलाई अग्रता दिलाए । ३३ औ मिनेटमाम ईडेन हजार्डले अग्रता दोब्बर पारे । उनले नै ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए । ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए । ७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए ।

शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो । दोस्रो स्थानको रुसको २१ अंक रह्यो । बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको छ । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);