युरोकपमा बेल्जियमको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

युरोकपमा बेल्जियमको लगातार दोस्रो जित

एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनको पार्केन स्टेडियममा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे भने डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । जितसँगै समूह ’बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । डेनमार्कको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);