पुरुष फुटबलमा नेपालद्वारा माल्दिभ्स २-१ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुरुष फुटबलमा नेपालद्वारा माल्दिभ्स २-१ गोलले पराजित

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काए ।

अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ । नेपालले ३ खेलमा ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा नेपाल बराबरीमा रोकिएपनि फाइनलमा पुग्नेछ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);