साग महिला क्रिकेटमा नेपाललाई कांस्य पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साग महिला क्रिकेटमा नेपाललाई कांस्य पदक

mahila cricket kasya

पोखरा, २१ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले कांस्य पदक जितेको छ । शनिबार पोखरामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय १३ बल बाँकी रहँदै १० विकेटले पराजित गरेर कांस्य पदक जितेको हो ।

माल्दिभ्सले दिएको ९ रनको लक्ष्य ७ बलमै पूरा गर्दै नेपालले कांस्य जितेको हो। पहिले ब्याटिङ गरेको माल्दिभ्स ११ दशमलव ३ ओभरमा ८ रन बनाएर अलआउट भएको थियो । माल्दिभ्सका ९ खेलाडी शून्य रनमा आउट भएका थिए भने एक खेलाडीले मात्र १ रन बनाएकी थिइन् ।

माल्दिभ्सलाई न्यून रनमा समेट्न नेपालका लागि अञ्जली चन्दले ४ ओभरमा १ रनमात्र दिएर ३ विकेट लिइन् । रुविना क्षेत्री र सीता रानामगरले समान २–२ विकेट लिए ।

माल्दिभ्सले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालकी कप्तान काजल श्रेष्ठले २ र रोमा थापाले ५ रन बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);