पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटिएको हो ।

माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए । नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २÷२ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १सय ६३ रन बनाएको थियो ।

नेपालको तर्फबाट करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए । उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए । माल्दिभ्सले अन्तिम ओभरमा २४ रन दिएको थियो ।

यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए । माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);