नेपालको अभ्यास खेलमा लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, ६ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तररगत हङकङविरुद्ध हुने खेलको तयारीमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले विहिबार भएको अभ्यास खेलमा भारतको मायलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५१ रन जोडेको थियो ।

१ सय २३ बल खेलेका ज्ञानेन्द्रले १३ चौका र १ छक्काको मद्दतमा एक सय रन बनाए । नेपालका लागि शरद भेषावकरले ७३ बलमा ४८ रनको योगदान गरे । जवाफमा २ सय ५२ रनको लक्ष्य पछ्याएको मायलापुरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनायो । नेपालका लागि सुशन भारी, सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान २÷२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट हात पारे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);