जितका लागि नेपाललाई २९३ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

जितका लागि नेपाललाई २९३ रनको लक्ष्य

काठमाडौं । चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले  पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल तयार पार्‍याे ।

२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पीएनजीको  इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए । उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।

भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्का मद्दतमा ७७ रन जोडे । अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । रिलेले ४० बलमा पाँच चौकाकाे मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट तथा पवन सराफ र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);