युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी

काठमाडौ। संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे ।   एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍-१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो । नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए ।

आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए ।आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो विकेटले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए । दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो । यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेल ले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो । आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए ।

रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे । नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए । यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो । अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);