नेपालले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो, १४२ रनको पछ्याएको नामिबिया १३५ रनमा अल आउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो, १४२ रनको पछ्याएको नामिबिया १३५ रनमा अल आउट

काठमाडौं, २७ पुस । यु १९ विश्वकप क्रिकेटको तयारी अन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको छ । विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा जित हात पारेको यो लगातार दोस्रो जित हो ।

जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले ५० रन बनाए पनि जितका लागि पुगेन । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट तथा दुर्गेश गुप्ताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको खेलमा नेपालका दीपक डुम्रेले ३२ रन बनाए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराइसकेको छ । अब नेपालले स्कटल्यान्ड र वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);