नेपालद्वारा ह्याम्पशायर हग्स २४३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालद्वारा ह्याम्पशायर हग्स २४३ रनले पराजित

parash khadka

काठमाडौं, ६ साउन । नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक खेल अघिको अभ्यास खेलमा नेपालले शानदार जित निकालेको छ । नेपालले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेलमा २ सय ४३ रनको विशाल जित निकालेको हो ।

शनिबार राति भएको खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो । नेपालका ललितसिंह राजवंशीले ५ विकेट लिए ।

त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट लिए । यस्तै ८ ओभरमा सन्दिपले १८ रन खर्चिए भने दिपेन्द्रले ५ ओभर १ बलमा २० रन दिंदै २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको १ सय ६१ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । १ सय ६ बलमा १ सय ६१ रन बनाउने क्रममा पारसले ७ छक्का र १९ चौका प्रहार गरेका थिए ।

यस्तै, रोहितकुमार पौडेलले ४४, दिपेन्द्र सिंह ऐरीले ३७ र आरिफ शेखले २७ रन बनाएपछि नेपालले ठूलो योगफल तयार पारेको थियोे । यस्तै, करण केसीले १८, सन्दिप लामिछाने र ललित भण्डारीले १६–१६ तथा शरद भेषावकरले १४ रन बनाए । नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ ।

यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डसमा हुने त्रिकोणात्मक शृंखला जुलाई २९ तारिखमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);