मेसुट ओजिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

मेसुट ओजिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

एजेन्सी, ७ साउन । जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

विश्वकप फुटबलमा ओजिलको प्रदर्शनलाई लिएर जर्मनीमा विभिन्न टिका टिप्पणी भैरहेका बेला ओजिलले सन्यासको घोषणा गरेका हुन् । चार पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् । इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई विश्वकपमा जर्मनीको खराब प्रदर्शनको जिम्मेवारी लिन जर्मन नागरिकले दवाव दिदै आएका थिए ।

टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँग लण्डनमा फोटो खिचाएपछि ओजिलको झनै आलोचना भएको थियो । टर्कीका राष्ट्रपतिसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेका २९ बर्षिय ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताएका छन् । २००९ मा जर्मन टीममा डेब्यू गरेका ओजिलले ९२ क्याप जितेका छन् । जर्मनीका लागि २३ गोल गरेका ओजिल २०१४ को विश्व विजेता हुँदा महत्वपूर्ण खेलाडी थिए ।

ओजिलले पाँच पटक जर्मन प्लेयर अफ दी इयरको उपाधि पाएका थिए । जर्मर्नीका जनता र फुटबल प्रेमीहरु प्रति विज्ञप्तिमा नम्र देखिएका ओजिल राजनीतिक दलहरु प्रति भने असन्तुष्ट देखिएका छन् । जर्मनी र टर्कीका राष्ट्रपति बीच राम्रो सम्बन्ध नभएका कारण फोटो प्रकरणमा ओजिलमाथि नेताहरुले आक्रोश व्यक्त गरेका थिए । यस विषयमा पनि उनले प्रष्टिकरण दिँदै टर्कीमा राजनीतिक स्वार्थपूर्तिका लागि प्रोपोगाण्डा मच्चाएको उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);