दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग पराजित

nepal vs saint cruz

काठमाडौं, ८ साउन । दोस्रो अभ्यास खेलमा नेपाल इंग्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग १९ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

जिम्मी एडम्सको ७२ रनको मदतले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि एडम्सले तेस्रो विकेटकालागि फिलिक्स अर्गानसंग मिलेर ८२ रनको साझेदारी गरेका थिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अरु खेलाडीको प्रर्दशन फितलो रह्यो । आरिफ शेखले ३४ रन बनाउँदा सोमपाल कामी १६ रनमा अविजीत रहे ।

इंङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);