अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ५७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.१ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ३० रन बनाए । गुलसन कुमार झाले २४ रन बनाउँदा प्रतिश जि.शीले १९ तथा आरिफ शेख र सोमपाल कामीले समान १८ रन बनाए । भीम सार्कीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए ।

यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);