डिभिजन टु को अभ्यास खेलमा नेपालद्वारा युएईसामु ३ सय ३४ रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

डिभिजन टु को अभ्यास खेलमा नेपालद्वारा युएईसामु ३ सय ३४ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, १७ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा युएईको ए टिमलाई ३ सय ३४ रनको चुनौति दिएको छ । नेपालका ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनसँगै युएईको ए टिमलाई विशाल लक्ष्य दिएको हो ।

नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रन बनायो । आईसीसी एकेडेमी ओभलमा भएको अभ्यास खेलमा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ५४ रनको पारी खेले । ज्ञानेन्द्रले १ सय ३१ बलमा १७ चौका प्रहार गर्दै १ सय ५४ रन बनाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।

नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाएका थिए । दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउँदै आउट भए । ज्ञानेन्द्र र दिलिपले १ सय ४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले ३४ बलमा ३४ रन बनाए । त्यस्तै आरिफ शेख अविजित ३३ बलमा ४१ रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);