नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ को कडा लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ को कडा लक्ष्य

काठमाडौं । कुशल भूर्तेलको कीर्तिमानी अर्धशतक सहित नेपालले ट्राई ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सलाई २०७ रनको कडा लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका कुशलले आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशतक बनाए ।

सिरिजमा जमेको ओपनरद्वय आशिफ शेख र कुशलको साझेदारी सुरुआती दुई खेलमा जस्तो आज चल्न सकेको थिएन । शून्यमा अर्का ओपनर आशिफलाई गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले कुशलसँग ७८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले पनि ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए ।

यसअघिका दुई खेलमा नेदरल्यान्ड्सँग ६१, मलेसियासँग ६१ अर्धशतक बनाएका कुशलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको इनिङ खेले । त्यस्तै, कुशल मल्लले ७ बलमा ३ छक्कासहित १८ तथा सोमपाल कामीले १३ रनको योगदान गरे । त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर पेभेलियन फर्केका थिए । विकेटकिपर ब्याट्सम्यान ७ र सोमपाल कामी २१ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि भिभियान किङ्मा र कप्तान पिटर सिलाले २÷२ तथा बस दी लिड र आर्यन डटले १÷१ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);