नामिबियाविरुद्ध नेपालको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नामिबियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको छ ।

क्रितिपुरस्थित स्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य ४७ ओभर ४ बलमा पुरा गरेको हो ।

नामिबियाविरुद्ध ओपनर कुशल भुर्तेलले अविजित रहँदै सतह पुरा गरे । उनले ११३ बलमा ११५ रनको योगदान दिए ।

भुर्तेलले एक सय बलमा सतक पुरा गरेका हुन् । कप्तान रोहित पौडेलले ७२ रनको योगदान दिए । उनले ७६ बलमा ७२ रन बनाएका हुन् ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाएर आउट भए। त्यसअघि ओपनर आशिफ शेख शुन्यमा आउट भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);