कुशलको अलराउण्ड प्रदर्शनमा नेपालको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कुशलको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं,१३ चैत्र । नेपालले पाहुना टोली आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराउँदै दुई खेलको ट्वान्टी–२० श्रृंखलामा अग्रता बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार आयरल्याण्ड ‘ए’ ले दिएको एक सय २२ रनको सामान्य लक्ष्य नेपालले मात्र १६.१ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । नेपालको जित ओपनर कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गरे । सामान्य लक्ष्य पछ्याएको घरेलु टोलीको शुरुवात राम्रो हुन सकेन । ४.५ ओभरमा नेपाल ३७÷३ को अवस्थामा थियो । यद्यपि, ओपनर कुशल ३७ रनमा अविजित र सन्दीप जोराले ३६ रनको योगदान दिँदै जित दिलाए । कुशलले ३२ बलमा चार चौका हिर्काए । सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख १६ रनमै पभेलियन फर्किए । त्यसपछि पनि नेपालले लगातार थप दुई विकेट गुमाउन पुग्यो । कप्तान रोहितकुमार पौडेल शुन्यमा र गुल्सन झा ४ रनमा आउट भएपछि नेपाल दबाबमा प¥यो । तर चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गर्दै जिततर्पm उन्मुख गराए । दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्कासहित अविजित २० रन जोड्दै २३ बल अगावै नेपालको जित सुरक्षित गराए । आयरल्याण्डका ग्यारेथ डेनलीले दुई विकेट तथा बेन ह्वाइट र थोमस मायसले समान एक विकेट लिए पनि घरेलु टोलीलाई चुनौती दिन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १२१ रन मात्र जोड्न सक्यो । खराब शुरुवात गरेको आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनीले ४६ रनबाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन् । कुशलकै बलमा आउट हुनुअघि उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक शिर्ष क्रममा सस्तैमा आउट भए । आयरल्याण्डले इनिङको दोस्रो बलमा नै ओपनर रोस एडेरलाई ४ रनमा नै गुमायो । त्यसपछि पाहुना टोलीले लगातार विकेट गुमायो ।

तल्लो क्रमका फिहोन ह्यान्डले ११ रन, थोमस र लियाम म्याकर्थीले समान १६ रनको योगदान दिएपछि आयरल्यान्डले मुस्किलले एक सय रनको आँकडा पार ग¥यो । नेपालको बलिङमा कुशल भुर्तेलसँगै ललितनारायण राजवंशी, गुल्सन झाले समान दुई विकेट तथा कुशल मल्ल र करण केसीले समान एक विकेट निकाल्दै पाहुना टोलीलाई सस्तैमा रोके । नेपालले दोस्रो खेल मंगलवार खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);