सर्वाधिक ठूलो लक्ष्य पूरा गरेपछि खेलाडीहरु उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वाधिक ठूलो लक्ष्य पूरा गरेपछि खेलाडीहरु उत्साहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न विश्वक क्रिकेट लिग–२ अन्तर्गत नामिबियाको खेलमा २ विकेटको रोमाञ्चक जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताउनु भयो । उनले लिग–२ मा सबै ठूलो लक्ष्य २ सय ८६ रन पूरा गर्दै इतिहास रचेकोमा खुशी पनि व्यक्त गर्नुभयो । यो जितपछि खेलमा लय मिलेको र आगामी दिन यस लयलाई निरन्तरता दिनुपर्ने बताउँदै अभ्यासको क्रममा बनाएका रणनीतिलाई अवलम्वन गर्दा सफलता मिलेको बताउनु भयो । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै मिलेको कप्तान रोहितले बताउनु भयो ।

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी पनि खेले । कुशलको करियरमा पहिलो शतकीय पारी हो भने उनले ट्वान्टी–२० र एक दिवसीय खेलमा शतक पूरा गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । शतक प्रहार गर्दै इतिहास बनाएका कुशलले खेलपछिको पत्रकार सम्मेलनमा खुशी रहेको प्रतिक्रिया दिनुभयो । लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बतउनु भयो । नेपाली टोलीको एक दिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोशिस गरेको भन्दै कुशलले ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताउनु भयो । शतक पूरा गरेको अवस्थामा व्यक्तिगत हिसावमा खुशी भएपनि टोलीका लागि खुशी दिलाउन अन्तिमसम्म पु¥याउन नसकेकोमा दुखी भएको बताउनु भयो ।

उता भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस क्रिकेटको मज्जा नै प्रतिष्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताउनु भयो । ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद् नतिजा मिलेको बतउनु भयो । नेपाली टोली विगतमा ब्याटिङ पक्ष सुधारका लागि संघर्ष गरिहेको तर अहिले केही सुधार भएको औंल्याए । नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे ।

त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्नेछ । बुधवार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);