बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँः कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँः कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताउनुभएको छ ।

भ्रमणकारी टोली युएईबिरुद्ध आईतवार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताउनुभएको हो । उहाँले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिनुभयो । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताउनु भयो । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भुमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताउनु भयो । खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आपूm सफल भएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

यता खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले आपूm टिम बाहिर रहेपनि टोलीको जितमा निकै खुशी भएको र टिम पर्नैपर्ने आकंक्षा आपूmमा नभएको बताउनु भयो । एक दिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने बताउनु भयो । यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिलाएको भुमिकामा न्याय दिन सकेको खुशी व्यक्त गर्नुभयो ।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । यसै अन्तर्गत नेपालले सोमवार अर्को भ्रमणकारकी टोली पपुवान्युगिनी (पिएनजी)सँग खेल्नेछ । नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);